४१ औं आइजिपी कपमा गण्डकी प्रदेश प्रहरी ‘च्याम्पियन’
पाेखरा | मंसिर १५, २०८०
पोखरा: काठमाडौंमा सम्पन्न ४१ आइजिपी रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी च्याम्पियन भएको छ ।
नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सम्पन्न भएको फाइनल खेलमा प्रहरी प्रधान कार्यालयको टोलीलाई १-० को गोल अन्तरले पराजित गर्दै गण्डकी प्रहरी च्याम्पियन बनेको हो ।
गण्डकीलाई च्याम्पियन बनाउनका लागि प्रतियोगिताकै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक आशिष थारुले निर्णायक गोल गरे ।
थारुले प्रतियोगितामा ६ गोल गरेका थिए ।
यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डका रुपमा क्रमश गण्डकीकै प्रहरी नायव निरीक्षक सन्तोष सुवेदी, प्रहरी जवान शिशिर चौधरी र प्रहरी सहायक निरीक्षक विवेक गुरुङ घोषित भए ।
च्याम्पियन बनेको गण्डकीले समुह चरणको पहिलो खेलमा लुम्बनी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई २-१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बागमति प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई ५-० र सेमिफाईनलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई ४-२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
यस अघि गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले २०६७ सालमा आइजिपी कपको उपाधि जितेको थियो ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...

